काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी मुस्ताङ पुगेका छन् ।
हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल मुक्तिनाथ दर्शन एवम् भगवान् बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गर्ने कार्यक्रमका लागि राष्ट्रपति भण्डारी मुस्ताङ पुगेका हो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार ३५ फिट अग्लो भगवान् बुद्धको मूर्ति अनावरण र विष्णुको मूर्तिको शिलान्यास समारोहमा सहभागी भएर राष्ट्रपति फर्कने कार्यक्रम तय भएको छ ।
राष्ट्रपति भण्डारीले गएको वर्ष पनि मुक्तिनाथमा पूजाअर्चना गरेका थिए ।
प्रतिक्रिया