काठमाडौं – काठमाडौँको हनुमान ढोका दरबार वसन्तपुरमा महिला उद्यमी हस्तकला मेला हुने भएको छ। नेपाल हस्तकला महासङ्घको महिला उद्योग विकास समिति र बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा आगामी कात्तिक १८ देखि २० गतेसम्म महिला उद्यमी हस्तकला मेला हुन लागेको हो।
महासङ्घका निर्देशक ऋषिराज सुवेदीले महिला उद्यमी हस्तकला मेलामा प्राकृतिक रेशाका सामग्री, काष्ठकला, पत्थरकला, धातुकला, हातेकागज, फेल्ट, पश्मिनाका सामग्रीलगायतको सामग्री प्रदर्शन गरिने जानकारी दिए।
महासङ्घको आयोजना तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको आर्थिक सहयोगमा आगामी मङ्सिर २३ देखि २७ गतेसम्म होटल ह्यात बौद्धमा १९औँ हस्तकला व्यापार मेला तथा १७औँ कला प्रतियोगितासमेत हुने भएको छ।
प्रतिक्रिया