देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कर्णाली प्रदेशको बजेट ३२ अर्ब ६१ करोड

देशान्तर

कर्णाली प्रदेशले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले बुधबार संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै पूर्वाधारमा जोड दिएको छ ।

कर्णाली प्रदेश सरकारले खानेपानी, सडक, सिँचाइ, स्वास्थ्यमा विभिन्न कार्यक्रम घोषणा गरेको छ । त्यस्तै, कर्णालीलाई लगानीको प्रदेशका रुपमा विकास गर्ने, गरिबी न्यूनीकरण गर्ने र विभेद अन्त्य गर्ने विभिन्न कार्यक्रम सञ्चालन गर्ने घोषणा मन्त्रीले गरेका छ ।

कर्णाली प्रदेशले आगामी आर्थिक वर्षमा ७.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । मन्त्री विष्टले आगामी आर्थिक वर्षमा अत्यावश्यकबाहेक कुनै पनि वस्तुमा खर्च नगरिने घोषणा पनि गरे ।

कर्णाली प्रदेशको कुल बजेटमध्ये चालु खर्चको लागि ९ अर्ब १६ करोड ९९ करोड १० हजार बिनियोजन गरिएको छ । यो कुल बजेटको २८.११ प्रतिशत हो ।

त्यस्तै पुँजीगत र्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो कुल बजेटको ५९.५८ प्रतिशत हो ।

स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ४ अर्ब १ करोड ५७ लाख २९ हजार रुपैया छुट्याइएको छ । यो कुल बजेटको १२.३१ प्रतिशत हो ।

आगामी आर्थिक वर्षको खर्चमध्ये आन्तरिक राजश्वबाट ७१ करोड २९ लाख ७४ हजार उठाउने लक्ष्य राखिएको छ । त्यस्तै चालु आर्थिक वर्षको खर्च नभई बचत हुने अनुमानित रकम ४ अर्ब ५५ करोड ४५ लाख ८५ हजार हुने उनले बताए ।