देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘नेशनल एचआर एक्सिलेन्स अवार्डबाट नबिल बैंक सम्मानित

देशान्तर

नबिल बैंकले ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२२’ प्राप्त गरेको छ ।

मानव संसाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले बैंकलाई सो अवार्ड प्रदान गरेको हो । कम्पनीको एचआर मिट २०२२ अन्तर्गत यो अवार्ड बैंकले प्राप्त गरेको हो ।

बैंकभित्र रहेको मानव संसाधनलाई बैंकले सन्तुष्ट हुने गरी व्यापक सदुपयोग गरी काममा सहजता ल्याएको कारण अवार्ड प्रदान गरेको कम्पनीले जनाएको छ । कर्मचारीहरुको बैंकप्रतिको अनुभवको उत्कृष्टताको आधारमा कम्पनीले बैंकलाई अवार्ड प्रदान गरेको ग्रोथ सेलरले जानकारी दिएको छ ।

उक्त अवार्ड नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मी, प्रमुख मानव संशाधन अधिकृत रोशन कोइराला लगायत सम्पूर्ण मानव संसाधन विभागका कर्मचारीहरूले ग्रहण गरेका थिए ।
कम्पनीले अवार्ड छनौटका लागि प्रोफेसर डा सुवास केसीको संयोजकत्वमा निर्णायक मण्डल बनाएको थियो । सोहि छनौट समितिले बैंकलाई अवार्ड दिने निर्णय गरेको हो ।

बैंकमा कर्मचारीहरुको कार्यसम्पादनका साथै उनीहरुको बैंकप्रतिको विश्वास र अनुभवको आधारमा साथै मानव संसाधनलाई बैंकले व्यापक उपयोग गरेको आधारमा अवार्ड दिने निर्णय भएको हो ।

वर्किङ कल्चर, सेवा सुविधा र उत्प्रेरणाका हिसाबले देशभरका शाखामा कार्यरत कर्मचारीहरु बैंकप्रति सन्तुष्ट रहेका छन् । कोरोना कहरका बीच पनि बैंकले स्वास्थ्य मापदण्डको दायरा भित्र कर्मचारी ब्यवस्थापन गरिएको थियो ।

बैंकले स्टार बैंकरहरु समेत जन्माइसकेको छ । बैंकका १ हजार तीन सय १४ भन्दा बढी कर्मचारीहरु स्थायी रुपमा कार्यरत रहेका छन् । बैंकले १४८ शाखा, १८८ एटिएम, १५०० भन्दा बढी नबिल रेमिट एजेन्ट मार्फत सेवा प्रदान गर्दै आएको छ ।
यसअघि कम्पनीको एचआर मिट अन्तर्गत पहिलो पटक समावेश गरिएको ‘एक्सिलेन्स इन इम्प्लोई एक्सपेरियन्स’ अवार्ड पनि प्राप्त गरेको थियो ।