देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गरिमा विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट

देशान्तर

पर्यटकीयस्थल पोखराको फेवातालदेखि सराङकोटसम्म सञ्चालन हुँदै आएको अन्नपूर्ण केबलकारमा छुट प्रदान हुने भएको छ ।

गरिमा विकास बैंक र केबलकारबीच छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।

सम्झौता अनुरुप, गरिमा विकास बैंकको मोबाइल बैकिङ्ग तथा डेविट कार्ड प्रयोग गर्ने सेवाग्राहीहरुले केबलकारको टिकट मूल्यमा १०% छुट प्राप्त गर्न सक्नेछन् ।

हाल, गरिमा विकास बैंकले नेपालभर ११९ शाखा कार्यालय, १ एक्सटेन्सन कार्यालय र ५१ एटिएमबाट सेवा प्रवाह गर्दै आइरहेको छ ।