नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी आजलाई तोकिएको छ ।
सोमबार सर्वोच्चमा दर्ता भएको रिटको पेसी मंगलबारका लागि तोकिएको हो ।
सरकारले आफूमाथि गरेको छानबिन गैर कानुनी भन्दै छानबिन समितिको गठनसँगै भएको निलम्बन गैरकानुनी भन्दै अधिकारीले आइतबार लगेको रिट सोमबार दर्ता भएको थियो ।
सरकारले गभर्नर अधिकारी माथि गत चैत २५ मा छानबिन समिति गठन गरेपछि अधिकारी गभर्नरबाट निलम्बित हुनु भएको थियो ।
रिटमार्फत अधिकारीले आफूमाथिको छानबिन नै गैरकानुनी भएको भन्दै सरकारको निर्णय बदर गरी आफूलाई जिम्मेवारीमा फर्काउन अन्तरिम आदेशको माग गर्नुभएको हो ।
प्रतिक्रिया