विश्वको एक मात्र पुरानो मोटर साइकल कम्पनी रोयल इनफिल्डले नेपालर बिक्री अनुमति पाएको छ । कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता त्रिवेणी समूहअन्तर्गतको अल्फा अटोमोटिभ प्रा.लि.ले नेपालभर बिक्री अनुमति पाएको हो । कम्पनीले आफ्नो बिक्रि, सर्भिस एवं सन्जाल विस्तार कार्य सुरु गरिरहेको छ ।
गुफीको नामबाट चर्चा कमाएका रायल इनफिल्डको अनुभवी राइडर प्रमोद श्रेष्ठलाई कम्पनीका कार्यकारी निर्देशक हर्ष संघाईले सम्मान समेत गरेका छन् ।
उत्साही, साहसिक यात्रा गर्न रुचि राख्ने श्रेष्ठले रोयल इनफिल्ड मोटरसाइकलबाट म्यानमार, तिब्बत, भुटान र इन्डियाको सफल यात्रा गरेका छन् ।
उनले सन् १९९५ मा २२ घण्टा २८ मिनेटको समयाबिधिमा रोयल इन्फिल्ड ३५० सि.सि. बाट पूर्व(पश्चिम राजमार्ग (मेची – महाकाली) चलाएर यात्रा गरी किर्तीमानसमेत कायम गरेका छन् ।
बिभिन्न सामाजिक कार्यहरूमा सक्रिय रहेका श्रेष्ठद्वारा यही अप्रिल २०२२ मा हुने सगरमाथा आरोहण ‘८८४८ बालिकालाई बालबिबाहविरुद्ध शिक्षा “Teach 8848 Girls Against Child Marriage” अभियानलाई सफल बनाउनका लागि अल्फा अटोमोटिभले त्रिवेणी ग्रुपको कार्यालयमा एक कार्यक्रम आयोजना गरेर रु. ५ लाखको चेक हस्तान्तरण गरेको छ ।
सो अवसरमा निर्देश संघाइले आरोहण सफलताको शुभकामनासँगै रोयल इनफिल्डको झण्डा समेत सगरमाथाको शिखरमा पुर्याउनका लागि निर्देशक संघाइबाट हस्तान्तरण गरे ।
प्रतिक्रिया