देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेयर बजारमा निरन्तर गिरावट

देशान्तर

काठमाडौं – बुधबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

नेप्से परिसूचक २३ दशमलव ३२ अंकले घटेर २ हजार ४ सय २८ दशमलव ७५ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव २८ अंकले घटेको छ ।

केही दिन यता नेप्से परिसूचक लगातार ओरालो लागिरहेको छ । परिसूचक घट्दा त्यसको असर सेयर कारोबार रकममा समेत परेको छ । बुधबरा दिनभर भएका ३८ हजार १७८ कारोबारबाट २२६ कम्पनीका ४३ लाख ७२ हजार १७१ कित्ता सेयर किनबेच भएको छ ।

जसबाट कारोबार रकम १ अर्ब ९९ करोड २९ लाख ७१ हजार ७६४ रुपैयाँमा रोकिएको छ ।