देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उच्च अंकले घट्यो नेप्से

देशान्तर

काठमाडौं – सेयर बजार परिसूचक नेप्से मंगलबार समेत उच्च अंकले घटेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से ४६.४६ अंकले घटेर २४५२.०६ बिन्दुमा झरेको छ ।

मंगलबार कुल २२८ कम्पनीको कारोबार भएको छ । ४५ हजार ८९४ वटा कारोबारबाट ५८ लाख ४१ हजार ९९८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने २ अर्ब ६७ करोड १२ लाख ३२ हजार ३८८ रुपैयाँ बराबरको भएको छ ।

मंगलबार होटल र पर्यटन उपसमूहबाहेक सबै उपसमूह राताम्य रहे । सबैभन्दा धेरै गुमाउने उपसमूहमा ‘अन्य’ रहेको छ । मंगलबार राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै १०/१० प्रतिशतले बढ्यो । जाल्पा सामुदायिक लघुवित्तको मूल्य समेत धेरै बढ्नेमा रहन सफल भयो । इमर्जिङ नेपालको सेयर मूल्य भने सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ ।