काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले नवौं वार्षिक साधारण सभा शनिवार गर्ने भएको छ ।
सभा होटल बाराही पोखरामा बिहान ११ बजे भर्चुअल माध्यमबाट गर्ने जानकारी दिएको हो । सभाले यस कम्पनी र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्तिको लागि आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले आव २०७७र७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८र७९ को लागि लेखापरिक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका चैत २ गते बन्द गरिसकेको छ । यस आधारमा चैत १ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया