देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कर्णाली प्रदेश मन्त्रिपरिषदले पायो पूर्णता, थपिए ५ मन्त्री

देशान्तर

काठमाण्डौँ-नवनियुक्त पाँच मन्त्रीले आइतबार पद तथा गोपनीयताको शपथ लिएसंगै कर्णाली प्रदेशको मन्त्रिपरिषदलाई पूर्णता पाएको छ ।
प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख तिलक परियारले पाँचै जना मन्त्रीलाई सपथ दिलाएका छन् ।

गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका जीवनबहादुर शाहीले आइतबार नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट पाँचजना मन्त्री नियुक्त गरेका हुन् ।

आज सपथ लिनेमा काँग्रेसको तर्फबाट सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसी र आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाही तथा माओवादी केन्द्रबाट गणेशप्रसाद सिंह जलस्रोत तथा ऊर्जामन्त्री र छिरिङ दमदोल लामा (कार्चेन) उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र एकीकृत समाजवादीबाट पदमबहादुर रोकाया भौतिक, पूर्वाधार तथा सहरी विकासमन्त्रीमा नियुक्त भएका छन् ।

माओवादीबाट मन्त्री बनेका हुम्लाका छिरिङ दमदोल लामा गैरसांसद हुन् ।
यसअघि माओवादीबाट विन्दमान विष्ट आर्थिक मामिला तथा योजनामन्त्री बनिसकेका छन भने एकीकृत समाजवादीबाट दलबाट चन्द्रबहादुर शाही भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री छन् ।