देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भीम रावलको बाबुरामलाई जवाफ: पीएचडी नक्कली सीमापारि हुन्छ, त्रिविमा हुन्न

देशान्तर

काठमाडौं– एमाले नेता भीम रावलले आफ्नो पिएचडी नक्कली नभएको भन्दै पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईको नै पीएचडी नक्कली हुन सक्ने जवाफ दिएका छन् ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयलाई लिएर भट्टराई–रावल आरोप प्रत्यारोप चलेको छ ।

रावलले बाबुराम प्रधानमन्त्री भएकै बेला कसैसँग सल्लाह नै नगरी एमसीसीसँग पत्राचार गरी टोली गठन गरेको दाबी गरेपछि बाबुरामले रावलको पीएचडी नक्कली भनी ब्यङग्य गरेका थिए ।

‘यी कणले पीएचडी गरेको भनेर नाउँको अगाडि ‘डा।’ पनि झुण्ड्याउँछन् । विद्यावारिधि गर्दा कसैवारे कुनै दावी गरियो भने त्यसको श्रोत, मिति, स्थान खुलाउनुपर्छ ।’, भीम रावललाई मेन्सन गर्दै बाबुरामले प्रश्न गरेका थिए, ‘उनले दावी गरेजस्तो ‘बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ हो भने कहिले, कहाँ, कसरी खुलाउनु पर्दैन रु कि यी नक्कली पीएचडी हुन् ?

त्यसको जवाफ दिँदै मंगलबार रावलले लेखेका छन्, ‘बाबुरामजी प्रम हुँदा २०६८ मा चुपचाप एमसीसीसँग पत्राचार गरी टोली गठन गरिएको तथ्य मैले उल्लेख गरेको छु । त्यो बेला दलीय सहमतिबाट मात्र त्यस्तो गर्न सकिन्थ्यो तर जानकारीसम्म गराइएन। एजम् नक्कली सीमापारि हुने गरेको सधैं चर्चा हुन्छ, त्रिविविबाट एजम् कसैको नक्कली हुने चर्चा नै हुन्न ।’

बाबुरामले भारतको जवाहारलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए ।