देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेले बोलायो माघ १९ गते सचिवालय बैठक

देशान्तर

काठमाण्डौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको सचिवालय बैठक बोलाएको छ । सोमबार एमाले महासचिव शंकर पोखरेलको अध्यक्षतामा सोमबार बसेका केन्द्रीय कार्यालयको बैठकले माघ १९ गते सचिवालय बैठक बोलाउने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

त्यस्तै सचिवालय बैठकका एजेण्डा तय गर्ने विषयमा विभिन्न सुझावहरू आजको बैठकमा आएको र ती सुझावहरूका आधारमा बैठकका एजेण्डा तय गरिने अर्का उपमहासचिव विष्णु रिमालले बताए ।

बैठकमा पार्टीको हालै सम्पन्न जिल्ला अधिवेशन तथा राष्ट्रिय सभा निर्वाचनको बारेमा समीक्षा गर्ने लगायतका तयारी रहेको छ । आजको बैठकले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्न सरकारलाई दबाब पनि दिएको छ ।