पुस २७ गते शाहवंशीय बडामहाराजधिराज पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ती थियो, यो दिन आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती एवं मुलुकको प्रारम्भकर्ताको दिन थियो । नेपालमा गणतन्त्र आउनु अघिसम्म पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय पर्वको रुपमा लिनु यसकारण पनि औचित्यपूर्ण थियो कि, आधुनिक नेपाल बडामहाराजधिराज पृथ्वीनारायण शाहले बाइसे–चौबिसे राज्यको रुपमा रहेका ससाना राज्यहरु र त्यसबखत नेपाल खाल्डो भनेर चिनिने उपत्यकाका ३ राज्य (कान्तिपुर, पाटन र भादगाउ“)लाई समेत समेटेर आधुनिक नेपाल निर्माण गरेका थिए ।
विगतमा यस दिनलाई राज्यले राष्ट्रिय पर्व मानेर ‘पृथ्वी–जयन्ती तथा राष्ट्रिय एकता दिवस’को रूपमा धूमधामस“ग मनाउने प्रचलन थियो र त्यसदिन राष्ट्रिय बिदा दिने पनि गरिन्थ्यो । दोस्रो जनआन्दोलनको शक्तिले २०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्रले विघटित संसद् पुनर्बहाली गरेपछि गठित अन्तरिम सरकारका गृहमन्त्री कृष्णप्रसाद सिटौलाको हचुवा र लहडको हठात निर्णयले राष्ट्र निर्माताको जन्मजयन्ती र एकता दिवस मनाउने क्रम बन्द नै गरिएको थियो । निश्चयः नै त्यसबेला राजनीतिक पूर्वाग्रहबाट त्यसो गर्नु नेपाली राजनीतिको ऐतिहासिक भूल थियो ।
राज्यस्तरबाट पृथ्वी जयन्ती एवं एकता दिवस मनाउने क्रम रोकिए पनि त्यसै बेलादेखि नै जनस्तरबाट सो दिवस मनाउने क्रम निरन्तर चलिरहेको छ ।
यस वर्ष पनि नेपाली जनताले आफ्नो स्तरबाट पृथ्वीनारायण शाहलाई सम्झँदै यो दिवसलाई भव्यसँग मनाएका छन् । त्यसैगरी नेपाली सेनाले पनि विगतमा जस्तै विविध कार्यक्रमकासाथ पृथ्वीनारायाण शाहलाई उच्च सम्मान दिँदै यो दिवसलाई भव्यताका साथ नै मनायो ।
दुनियाँमा कहीँ पनि शासनसत्ता परिवर्तन हुँदैमा राजनीतिक पूर्वाग्रहबाट राष्ट्र निर्माण गर्ने महान् एवं ऐतिहासिक पुरुषलाई अनादर गरिँदैन । जर्मनका विस्मार्क, रसियाका पिटर द ग्रेट, भियतनाम निर्माण गर्ने हानवंशीय राजाको अहिले पनि त्यहाँ उच्च सम्मान गरिन्छ । चीनमा चीनलाई संगठित गर्ने राजालाई उच्च सम्मान गरिन्छ । राजाको दरबारलाई अहिले पनि महत्वकासाथ संरक्षण गरेर राखिएको छ । तर दुर्भाग्य, नेपालमा शाहवंशीय राजाहरूको दरबारको संरक्षणकै प्रश्न उठिरहेको छ । पृथ्वीनारायणको अगुवाइ र अग्रसरतामा बनेको नेपाल राष्ट्रको प्रधानमन्त्री पदमा आसीन व्यक्ति स्वयम् सार्वजनिक कार्यक्रमबाट राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई अनादर गर्दै सालिकमा माल्र्यापण गर्न जान्न भन्छन् भने त्योभन्दा दुर्भाग्यको घटना यो देशका लागि अरू हुन सक्दैन ।
पृथ्वीनारायण शाह एक सामान्य राजा मात्र थिएनन्, उनी आधुनिक नेपाल राष्ट्रको निर्मातासमेत हुन् । उनी भौगोलिक एकीकरणका अधिनायकमात्र होइन, सबै नेपाली जाति भाषा र क्षेत्रलाई समेटेर साझा नेपाली संस्कृति निर्माण गर्ने कुशल अधिनायक पनि हुन् । त्यस बेला भारत वर्षमा नै अंग्रेज र मुगलहरूको दबदबा थियो भने, उत्तरतर्फ चीन समेत सामाज्यवादी सोचकासाथ अगाडि बढिरहेको थियो । यस्तो चुनौतिपूर्ण अवस्थामा पृथ्वीनारायणको सोच र साहसपूर्ण अगुवाइमा सानासाना दर्जनौं राज्यलाई एकीकरण गरेर विशाल नेपाल राष्ट्रको निर्माण नगरेका भए न आज विश्वमान चित्रमा नेपाल राष्ट्रको स्वतन्त्र अस्तित्व हुन्थ्यो न हामी सार्वभौम नेपाली भएको नै गर्व गर्न पाउ“थ्यौं । संसारको मानचित्रमा छुट्टै हिमाली राष्ट्र नेपाल र नेपाली हुनुमा हामीले गर्व गर्ने हो भने नेपाल राष्ट्रलाई एकीकृत गर्ने पृथ्वीनारायण शाहलाई सम्मान गर्नु हामी सबै नेपालीको दायित्व हो ।
शाहवंशीय पछिल्ला राजाहरूको शासन शैली र क्रियाकलापको आलोचना हुन सक्छ । पछिल्ला राजाहरू निरंकुश भए, प्रजातन्त्र विरोधी भए भनेर नेपाल निर्माण पृथ्वीनारायण शाहलाई अपमान गर्नु सर्वथा गलत छ । इतिहासलाई सरापेर वर्तमान बन्दैन । क्रान्तिकारी देखिन संविधानसभाबाट संविधान बनाउ“दा संविधानमा इतिहास र हाम्रो गौरवशाली पुर्खालाई सरापेका छौं । राष्ट्र निर्माण गर्ने हाम्रो प्रथम विभूति पृथ्वीनारायणलाई संविधानमा सम्मान गर्न उचित ठानेनौं । जसको सौर्य प्रताप, कुशलता र सुझबुझले हामीले आज मातृभूमि नेपालको स्वतन्त्र अस्तित्व कायम भएको, हिमाल, पहाड तराई र मेचीदेखि महाकालीसम्म फैलिएको, सबै जाति, भाषा साझा सँंस्कृतिक पहिचानसहितको सुन्दर देश पाएका छौं । उनैलाई अनादर गर्ने, अपमान गर्ने हाम्रो कस्तो राजनीति हो ?, कस्तो सत्ता हो ? आम जनतामा प्रश्न उठेको छ ।
नेपाल निर्माण गर्ने पृथ्वीनारायण शाह दलीय स्वार्थ, राजनीतिक विचार र सत्ता खिचातानीभन्दा माथि हुन् । वामपन्थी, दक्षिणपन्थी, प्रजातन्त्रवादी, कम्युनिस्ट, क्रान्तिकारी वा यथास्थितिवादी, राजावादी, गणतन्त्रवादी, जुनसुकै विचार बोकेर हि“ड्न सबैलाई स्वतन्त्रता छ । तर म नेपाली हु“ भनेर गर्व गर्ने हो भने सबै नेपालीले पृथ्वीनारायण शाहलाई सम्मान गर्नै पर्छ । सिंगो देशले पृथ्वीनारायण शाहलाई उच्च सम्मानका साथ स्यालुट गर्नै पर्छ । राष्ट्रले पृथ्वी जयन्ती एवम् एकता दिवसलाई नेपाल दिवसको रूममा उच्च एवम् राष्ट्रिय दिवसको रूपमा मनाउनै पथ्र्यो ।
बीपी कोइराला जस्तो महान् राष्ट्रवादी नेताले स्थापना एवं नेतृत्व गरेको दलले भारतले पाँच महिनासम्म कष्टकर नाकाबन्दी लगाउँदा नाकाबन्दी नमान्ने कांग्रेसको राष्ट्रवादी धार यसै पनि भुत्ते भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिम्पियाधुरामा सडक निर्माणको कुरा गर्दा पार्टीले विरोध गर्न ढिला गर्ने, नवनिर्वाचित सभापति विगत ६ महिनादेखि सरकार प्रमुख हुनुहुन्छ, राष्ट्रिय अस्मिताको यति गम्भीर विषयमा अहिलेसम्म बोल्नु भएको छैन, निश्चय नै यसले नेपाली कांग्रेसले ठूलो राजनीतिक नोक्सानी हुने छ ।
आम नेपाली जनताले राजनीतिक परिवर्तनका नाममा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई अनादर गरेको मन पराएका छैनन् । जनता पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रूपमा मनाउनु पर्छ भन्ने पक्षमा छन् भन्ने कुरा छर्लंग छ । ऐतिहासिक तथ्य र जनभावना समेतलाई कदर गर्दै, सरकारबाट पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेर पार्टी र आफ्नै राष्ट्रवादी छविलाई उठाउने प्रधानमन्त्री शेरबहादुर देउवाको अगाडि एउटा सुवर्ण अवसर थियो तर उनी यो अभूतपूर्व अवसरबाट पुनः चुकेका छन् । देशान्तर साप्ताहिक वर्ष ३९, अंक ३६ बाट साभार
प्रतिक्रिया