देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

३३ किलो सुन तस्करीमा संलग्न आरोपी उप्रेतिको भाइ पक्राउ

देशान्तर


काठमाडौ – ३३ किलो सुन तस्करीका मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’को भाइलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । मंगलबार दुवईबाट एयर अरेबियाको विमानमार्फत काठमाडौं ओर्लिएका रमेश उप्रेतीलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए । मोरङको उर्लाबारी नगरपालिका–७ घर भई दुबई बस्दै आएका रमेश ३३ किलो सुन तस्करी मुद्दामा फरार थिए ।

२०७४ माघमा चूडामणि उप्रेती ‘गोरे’ को समुहले दुबईबाट ल्याएको ३३ किलो सुन त्रिभुवन विमानस्थलबाट बाहिरिएको थियो । विमानस्थलबाट पास गरेपछि हराएको ३३ किलो सुन लुकाएको आरोपमा तस्कर समूहले यातना दिएर सनम शाक्यको हत्या गरेका थिए । घटनाबारे सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वमा समिति बनाएर गृह मन्त्रालयले छानविन गरेको थियो ।