देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मोतिपुर औद्योगिक क्षेत्रमा आज पनि कर्फ्यु

देशान्तर

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा गत आइतबार प्रहरीसँग भएको झडपमा ४ जनाको मृत्यु भएपछि त्यस क्षेत्रमा लगाईको कफ्र्यु आज पनि जारी रहेको छ ।

स्थानीय प्रशासनले थप झडप हुने भयले कर्फ्यु जारी राखेको हो ।

आइतबार झडपमा घाइते भई भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेकाहरू मध्ये ४ जनाको मृत्यु भएको थियो । उपचारका लागि लगिएका ८ जना मध्ये ४ जनाको मृत्यु भएको हो ।

घाइते १ जनाको अवस्था अहिले पनि गम्भीर छ ।

मृतकहरु मध्ये कपिलवस्तु वाणगंगाका ४८ वर्षको रमेश परियारको पहिचान खुलेको छ भने ३ जनाको अझै पहिचान खुल्न सकेको छैन ।

झडपमा नेपाल प्रहरीका १६ जना र ससस्त्र प्रहरीका १५ जना घाइते भएका छन् ।

घाइते प्रहरीमध्ये ६ जनाको काठमाडाैंमा भइरहेको छ ।

सुकुम्बासीको नाममा केही समूहले औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोजेपछि तनाव उत्पन्न भएको हो ।