देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश २ मा यादवको पकड बलियो

देशान्तर

दल टुक्रयाउने अध्यादेश जारीसँगै जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका महन्थ ठाकुरको समूह प्रदेश २ मा उपेन्द्र यादवले नेतृत्व गरेको जसपाभन्दा कमजोर देखिएको छ ।

गठबन्धन र एउटै दल बनेर सरकारको बागडोर सम्हालिसकेको जसपा एकीकृत हुँदा ५५ सांसद थिए । दल टुक्रिएसँगै यादव नेतृत्वको जसपा झन् शक्तिशाली बनेको हो । चुनावमा २९ प्रदेश सांसद जितेको यादव पक्षसँग अहिले ३६ जना सांसद छन् । ठाकुर नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टी (लोकतान्त्रिक) का ६ जना प्रदेश सांसद यादवतिर लागेका छन् ।

प्रदेशका दुई मन्त्री नवलकिशोर साह र रामनरेश राय यादव ठाकुर नेतृत्वको जसपा ओली सरकारमा सामेल भएकै बेला कित्ताकाट गर्दै यादवतिर लागेका थिए । पछिल्लो समय ठाकुर र राजेन्द्र महतोका समेत निकट मानिएका प्रदेश सांसद मनीष सुमन र सुरेशकुमार मण्डल पनि यादवकै दलमा मिसिएका छन् । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट चुनाव जितेकी प्रदेश सांसद रानी शर्मा तिवारी र डा. रिना यादवले पनि खेमा फेर्दै यादवको दलतिर लागेका छन् ।

प्रदेश २ मा यादवपक्षीय जसपा, कांग्रेस र माओवादी (केन्द्र) को संयुक्त सरकार छ । प्रदेशसभामा नेकपा एमालेका २१ जना सांसद छन् । अहिले दल छिन्नभिन्न भएपछि माधव नेपाल पक्षमा १३ र संस्थापनमा ८ जना छन् । स्थानीय तहको निर्वाचनमा यादवको दलभन्दा बढी सिट ठाकुरको दलले जितेको थियो । कान्तिपुरमा खबर छ ।