देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

७२ घण्टाभित्र तालिवानले काबुल कब्जा गर्ने अमेरिकी गुप्तचरको प्रतिवेदन

देशान्तर

काबुल – तालिवान विद्रोहीले आगामी ७२ घण्टाभित्रै अफगानिस्तानको राजधानी काबुललाई नियन्त्रणमा लिन सक्ने अनुमान अमेरिकी गुप्तचर निकायको एक ब्रिफिङले गरेको छ ।

गुप्तचर निकायको उक्त स्रोतलाई उध्दृत गर्दै सीएनएनले समाचारको पुष्टि गरेको छ । ‘तालिवानीले सम्भवतः एकसाताभित्रै अर्थात ७२ घण्टाभित्र तालिवानलाई एक्ल्याउन सक्छन् । तर, यसको अर्थ यो होइन कि उनीहरु राजधानभित्रै प्रवेश गर्न सक्नेछन्’ सीएनएनले लेखेको छ ।

यही सम्भावनालाई ध्यानमा राख्दै अमेरिकाले काबुलस्थित आफ्नो दूतावासलाई संवेदनशिल सामग्रीहरु नष्ट गर्न निर्देशन दिएको छ । ती सामग्री नष्ट नगर्दा तालिवानले प्रपोगान्डाको रुपमा प्रयोग गर्न सक्ने जोखिम हुने भएकाले यस्तो निर्देशन दिएको जनाइएको छ ।

तालिवानले रणनीतिक र व्यापारिकरुपमा महत्वपूर्ण दोस्रो ठूलो सहर कान्दाहारलाई कब्जामा लिएपछि अमेरिकाले उक्त अनुमान गरेको हो । तालिवान विद्रोहीले शुक्रबार एकैदिनमा ६ सहर कब्जा गरेका छन् । अफगानिस्तानका ३४ मध्ये १८ प्रान्तका राजधानीलाई तालिवानले कब्जामा लिएका छन् ।