देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकाले रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई तेस्रो डोज खोप दिने

देशान्तर

काठमाडौँ — अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन एफडीएले रोग प्रतिरोधी क्षमता कम भएकाहरूलाई कोरोनाविरुद्ध फाइजर(बयोएनटेक र मोडर्नाले उत्पादन गरेका खोपको तेस्रो डोज लगाउन अनुमति दिएको छ । एफडीएको यो घोषणासँगै अब चिकित्सकहरूले दुई डोज खोप लगाएर पनि कोरोनाविरुद्ध प्रतिरोधी क्षमता विकास नभएका बिरामीलाई तेस्रो डोज लगाउनका लागि सिफारिस गर्न सक्नेछन् ।

हालसम्म पनि दुवै खोपलाई आपत्कालीन प्रयोग अनुमति मात्रै दिएको अमेरिकाको एफडीएले पहिलाको व्यवस्थामा केही अपडेट गरेपछि अंग प्रत्यारोपण गरेकाहरूले समेत तेस्रो मात्रा लगाउन पाउने भएका छन् । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन ९सीडीएस० को सल्लाहकार समितिमा तेस्रो डोज लगाउन अनुमति दिने या नदिने भनेर छलफल तथा मतदान हुनु एक दिनपूर्व नै एफडीएले अनुमति दिएको हो । सीडीसीले पनि तेस्रो डोज लगाउनका लागि अनुमति दिने आँकलन भइरहेको छ ।