देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

८ करोड भुक्तानी भएको सीटी स्क्यान मेसिनको पत्तो छैन

देशान्तर

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सीटी स्क्यान ९कम्प्युटेड टोमोग्राफी० मेसिन आपूर्ति गर्ने ठेक्का पाएका काठमाडौंको म्याक्स मेडिटेक कम्पनीले गत भदौमा कुल लागतको ५० प्रतिशत हुने ८ करोड रुपैयाँ भुक्तानी लगिसकेको छ ।

चार महिनाभित्र ल्याइसक्नेगरी गत भदौमा ठेक्का पाएको थियो तर अहिलेसम्म नयाँ मेसिन आइपुगेको छैन । बिरामीको चाप रहने प्रतिष्ठानलाई आवश्यक रहेको भन्दै माग भएपछि गत आर्थिक वर्ष सरकारले सीटी स्क्यान खरिद गर्न २० करोड रुपैयाँ दिएको थियो ।

प्रतिष्ठानले टेन्डर आह्वान गर्दा १६ करोडमा २५६ स्लाइसको मेसिन आपूर्ति गर्ने ठेक्का जीवन उप्रेतीको कम्पनी म्याक्स मेडिटेकले पाएको थियो । खरिद ऐन–नियमावलीअनुसार बोलपत्र खोलेको १ सय २० दिन अर्थात् चार महिनाभित्रमा ठेकेदारले मेसिन ल्याएर जडान, परीक्षण, सञ्चालन र प्रतिष्ठानका प्राविधिकहरूलाई सिकाउनुपर्ने दायित्व हो । ठेक्का पाएर पनि नल्याउने कम्पनीलाई कालोसूचीमा राखेर कुल बजेटको ०।०५ प्रतिशत रकम हर्जाना तिराउनुपर्नेमा उपकुलपति डा। ज्ञानेन्द्र गिरीले उल्टै थप ५ महिनाको समयावधि थपिदिएका छन् । समयमै मेडिकल उपकरण आपूर्ति गर्न नसकेपछि म्याक्स मेडिटेकका सञ्चालक उप्रेतीले प्रतीत पत्र ९एलसी० को म्याद थप गर्न निवेदन दिएको भन्दै आगामी मंसिरसम्मको समय दिइएको हो ।

प्रतिष्ठानमा एक दशक पुरानो सीटी स्क्यान मेसिन थियो । मर्मतसम्भार गरेर चलाउन सकिने हुँदाहुँदै पनि निकालेर एक महिना अघिमात्र कबाडीमा फालिएको चिकित्सक स्रोतले जनाएको छ । उक्त मेसिनको सट्टामा सार्वजनिक–निजी साझेदारी ९पीपीपी० का आधारमा भित्र्याइएको अर्को सीटी स्क्यान छ, जो कतिबेला काम गर्न छाड्छ भन्ने कुनै भर छैन । प्रतिष्ठानमा दैनिक उपचारार्थ आउने र वार्डहरूमा भर्ना भएकाहरूमध्ये दिनको सरदर २५ देखि ३० जनाको सीटी स्क्यान गर्नुपर्ने हुन्छ । तर प्रतिष्ठानमा धेरैजसो बिरामीलाई मेसिन बिग्रिएको छ भनिन्छ, प्रतिवाद गर्ने कुरुवा साथमा भए ‘क्षमताले धान्दैन, ढिला हुन्छ, छिटो रिपोर्ट चाहिने भए बाहिर जानुस्’ भनिन्छ । चाप परे पनि अन्त पठाउन नसकिने र जानै नसक्नेको मात्रै परीक्षण गरिन्छ । सवालजवाफ गर्नेलाई ‘नयाँ मेसिन ठेक्का लागेको छ, आएपछि सजिलो होला’ भनिन्छ । प्रतिष्ठानले सीटी स्क्यानको शुल्क बढीमा ७ हजारसम्म लिन्छ, बाहिर बिरामीबाट त्यसको दोब्बरसम्म असुल गरिन्छ । कान्तिपुर दैनिकमा खबर छ ।