देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एन्फामा बिर्सनलायक एक दिन

देशान्तर

अखिल नेपाल फुटबल संघ ९एन्फा० को सातदोबाटोस्थित मुख्यालय आइतबार दिनभरि जस्तै तनावपूर्ण रह्यो । नहोस् पनि किन रु आखिरमा नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक मोहम्मद अल्मुताइरीले सामाजिक सञ्जालबाट आफ्ना प्रशंसकलाई सम्बोधन गरेर राजीनामा दिएपछि गहिरो तरंग त आउनु नै थियो ।

एन्फामा प्रत्येक घण्टा नयाँ–नयाँ मोड थपिए, नयाँ–नयाँ दृष्टिकोण पनि तयार भए । तर पूरा दिन वास्तवमै बिर्सनलायक थियो । सबैभन्दा पहिले दिउँसो १२ बज्न अगाडि आफ्नो फेसबुक र ट्वीटरको माध्यमबाट अल्मुताइरीले घोषणा गरे, ‘समर्थकहरू, म राजीनामा दिन एन्फा जाँदै छु ।’

प्रशिक्षकले यसरी सामाजिक सञ्जालकै माध्यमबाट माहोल तताउन खोजेको अथवा बिगार्न खोजेको यो पहिलोपल्ट भने होइन । पछिल्लो समय यस्तो अन्य घटना पनि भइसके । साँझ पर्दा नपर्दा पूरा घटनाक्रमलाई शान्त र साम्य पार्न भने प्रयास भएको छ । प्रशिक्षकलाई भनिएको छ, राजीनामा अहिलेको अवस्थामा ठीक छैन, किनभने साफ च्याम्पियनसिप नजिक आउँदै छ ।

सम्भवतः प्रशिक्षक मानसिक तनावमा पनि होलान्, उनलाई शान्त रहन सुझाव पनि दिइएको छ । खासमा आफ्नो भूमिका र अधिकार के कस्तो छ, त्यसलाई नभुल्न र जथाभावी सामाजिक सञ्जालमा नलेख्न एन्फा नेतृत्वबाट उनलाई यसअघि सम्झाउने काम पनि भइसकेको थियो । एन्फा स्रोतले यसमै आश्चर्य पोखेको छ, ‘प्रशिक्षक अल्मुताइरीलाई आफ्नो क्षेत्रमा नपरेको विषयमा अनावश्यक ढंगले किन रिस उठ्छ रु सम्झाउन खोज्दा पनि किन सम्झन चाहँदैनन् ?’ कान्तिपुरमा खबर छ ।