देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाँकेमा थप चार संक्रमितको मृत्यु

देशान्तर

बाँके । बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमित थप चार जनाको मृत्यु भएको छ ।

ती संक्रमितको उपचार भइरहेको नेपालगन्जस्थित भेरी अस्पतालमा र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको जिल्लाका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

योसँगै हालसम्म बाँकेमा कोरोना भाइरस संक्रमणका कारण जिल्ला बाहिरबाट उपचारका लागि आएका ३१३ र जिल्लाकै ३०२ जनाको मृत्यु भएको छ ।