देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अध्यादेशले पनि उघ्रिएन रेलको घुम्टो

देशान्तर

जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतबाट आठ महिनाअघि ल्याएको रेल अझै पालभित्र थन्किरहेको अवस्थामा छ ।

सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी अध्यादेशसमेत जारी गरिसकेको छ । पटक–पटक समय तोक्दै आए पनि जनशक्तिदेखि कानुन अभावलगायत कारण रेल सञ्चालन हुन सकिरहेको छैन ।

भारतबाट रेल ल्याइए पनि सुरुदेखि नै सञ्चालन गर्न जनशक्ति, संरचना, कानुन अभाव तथा अन्तरदेशीय अनुमति समस्या रहँदै आएको छ । सरकारले पछिल्लोपटक चैतमा सबै तयारी पूरा भएको जनाउँदै चाँडै सञ्चालन हुने बताएको थियो । राजधानी दैनिकमा खबर छ ।