देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसदीय दलको नेतामा राजेन्द्र महतो, पत्र संसद् सचिवालयमा दर्ता

देशान्तर

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा राजेन्द्र महतो निर्वाचित भएको पत्र संघीय संसद् सचिवालयमा दर्ता भएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच पार्टीभित्रको विवाद समाधान गर्न ८ बुँदे सहमति भएको दिन मंगलबार महतो संसदीय दलको नेता चयन भएको जानकारी संसद् सचिवालयलाई गरिएको हो । 

संसद् सचिवालयमा दर्ता भएको पत्रमा अध्यक्ष महन्थ ठाकुरको हस्ताक्षर रहेको छ । वैशाख ३० गते बसेको पार्टीको संसदीय दलको बैठकले दलको नेतामा महतोलाई निर्वाचित गरेको पत्रमा लेखिएको छ । पत्रमा ‘२०७८-०१-३० गते बसेको जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठकले संघीय संसदीय दलको विधान २०७७ अनुसार संसदीय दलको नेतामा राजेन्द्र महतोलाई निर्वाचित गरेको उल्लेख छ ।