देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालगञ्जमा शुरु भयाे लकडाउन

देशान्तर

बाँकेको नेपालगञ्जमा बुधबार मध्यरातबाट लागू हुने गरी लकडाउन घोषणा गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नेपालगञ्ज उपमहानगर क्षेत्रभर बुधबार मध्यरातिदेखि बैशाख १५ गतेसम्म लकडाउन भएकाे जानकारी दिए ।

उनले बुधबार बिहानसम्म सक्रिय संक्रमितको संख्या ७३५ पुगेसँगै अस्पतालहरु बिरामीले भरिएको अवस्थालाई गम्भीरतापूर्वक लिँदै लकडाउन गरिएको पनि बताए

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन गरिएको उनको भनाइ छ ।

लकडाउनको समयमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सबै प्रकारका सेवा (बैंक तथा वित्तिय संस्था समेत) सञ्चालनमा रोक लगाइएको छ ।

यस्तै अत्यावश्यक कामबाहेक हिँडडुलमा समेत रोक लगाइएको छ ।