काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसेपासे र नेकपाका कार्यकर्ताबाहेक अरुलाई सुखी पार्न नसकेको टिप्पणी गरेका छन् ।
संसद् विघटनको कदमविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगरपालिका ११ ले बिहीबार माइतीघर मण्डलमा आयोजना गरेको विरोध कोणसभालाई सम्बोधन गर्दै नेता सिंहले प्रधानमन्त्री ओलीले निर्वाचनमा जाँदा स्थिरता दिने र आमजनताको जीवन सुखी पार्ने प्रतिबद्धता गरेको भए पनि आफ्नो आसेपासे र नेकपाका मान्छेबाहेक आमजनतालाई केही पनि दिन नसकेको बताए ।
नेता सिंहले प्रधानमन्त्री ओलीलाई संविधान तथा संघीय कानुनअनुसार राज्य सञ्चालन गर्ने मात्रै अधिकार भएको भन्दै ओलीले भन्ने गरेजस्तो संसद विघटनको विशेषाधिकार संविधानमा नभएको बताए । संविधानअनुरुप विधिको शासनमा नचलेकाले प्रधानमन्त्री ओली निर्वाचन नगराउनेतिर गएको आभाष भएको उनको भनाइ छ ।
प्रतिक्रिया