देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टिप्परले कारलाई ठक्कर दिँदा २ जनाको मृत्यु, ३ जना घाइते

देशान्तर

बर्दिया । टिप्परको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ४ स्थित माचड चोकमा टिपर र कार एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको र ३ जना घाइते भएको ईलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ ।

चिसापानीबाट ढुङगा लिएर गुलरिया जाँदै गरेको टिप्परले पुर्वबाट आउदै गरेको वा १६ च २४५३ नम्वर को कारलाई ढोढरी चौकमा दिउसो करीव २ :३० बजे टिप्परले ठक्कर दिँदा दुर्घटना भएको ईलाका प्रहरीले जनाएको छ ।

दुर्घटनामा गुलरिया नगरपालिका वडा नं. ४ का २५ वर्षिय सुरेन्द्र गोडिया र कन्चनपुरकी १८ वर्षिय निधी सुनार को मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा गुलरिया ४ का २५ वर्षिय कार चालक मनोज लोनिया, महेन्द्रनगरकी १७ वर्षिया कृतिका सुनार तथा कन्चनपुरकी २५ वर्षिया कमला सुनार गम्भीर घाईते भएका छन् । घाईतेहरुलाई थप उपचारको लागी नेपालगञ्ज लगिएकाे प्रहरीले बताएको छ ।