काठमाडौं । कोरोना संक्रमणपछि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ ।
उनलाई शुक्रबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएको र गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि लगिएको प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।
उनका अनुसार मुख्यमन्त्री पौडेलको अवस्था सामान्य छ । बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि पौडेल होम आइसोलेसनमा नै थिए । तर हालै मुटुको अपरेसन गरेका कारण समयमा नै उपचारमा सचेतता अपनाएको दाहालले बताए ।
प्रतिक्रिया