काठमाडौं – पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४१५ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ८ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।
शुक्रबार काठमाडौंमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। उपत्यकामा एकै दिन कोरोना संक्रमित हुनेको यो संख्या अहिलेसम्मकै बढी हो। आज देशभर ९२७ नयाँ संक्रमित थपिएका छन्। देशभर हालसम्म ३६ हजार ४ सय ५६ पुगेको छ।
प्रतिक्रिया