देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज देशका केही ठाउँमा ठूलो पानी पर्ने

देशान्तर

आज देशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश ५ र गण्डकी प्रदेशका केही तथा प्रदेश १, २, वाग्मती र कर्णाली प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने संभावना छ ।


आज बिहान सुदूरपश्चिम प्रदेशका कैलाली, कन्चनपुर, डडेल्धुरा, डोटी, अछाम र प्रदेश २ को महोत्तरी, धनुषा र सप्तरीका केही ठाउँमा ठूलो पानी परेको र अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी परिरहेको महाशाखाले जनाएको छ ।


यसैबीच गएको ६ घण्टामा ठूलो पानी परेपछि दैलेख र सुर्खेत भएर बहने नदीमा एक्कासी बाढी आउने जोखिम रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार अहिले लोहोरे खोला तल्लो ढुङ्गेश्वर, दैलेख बाढी मापन केन्द्रमा पानीको सतहले सतर्कता तह पार गरेको छ ।