देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बालुवाटार वैठकमा कड्किए भीम रावल : हाम्रो टाउको देखाएर तपाईहरु राजनीति गर्ने ?

देशान्तर

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बहुमत स्थायी कमिटी सदस्यको भेलामा भीम रावल शीर्ष नेताहरुप्रति कडा रुपमा प्रस्तुत भएका छन् ।

बहुमत स्थायी कमिटी सदस्यको अनौपचारिक भेलामा नेता रावलले नेतृत्वले टाउका देखाएर स्वार्थसिद्ध गर्न लागिपरेको भन्दै यसलाई सच्याउनु पर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत स्थायी कमिटी सदस्यको बैठकमा रावलले नेतृत्वले टाउका देखाएर स्वार्थसिद्ध गर्न लागिपरेको भन्दै अब यसरी नचल्ने बताएका हुन् । ‘हाम्रो टाउका देखाएर तपाईहरु बार्गेनिङ गर्ने ?’

रावलको भनाइ उद्धृत गर्दै एक सदस्यले भने, ‘तपाईंको पदको भागवण्डा गर्ने तरिकालाई सधैं साथ दिएर जान सकिँदैन ।’ प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति कटु आलोचक गर्दै आएका नेता रावलको आजको प्रस्तुतीलाई केहि नेताले भने अलि फरक रुपमा बुझेको पाइएको छ । आजको उनको अभिव्यक्तिले पुरानो अडानमाथि आशंका गर्ने ठाउँ दिएको छलफलमा सहभागी एक नेताले बताएका छन् ।