देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चीनमा रहेका आफ्ना छोराछारी नेपाल ल्याउन माग गर्दै अभिभावकद्धारा स्वास्थ्य मन्त्रालय घेराउ

देशान्तर

 

काठमाडौं : चीनमा रहेका नेपालीका अभिभावकले आफन्तहरूको तत्काल उद्धार हुनुपर्ने माग गरेका छन् । बिहीबार दिउँसो स्वास्थ्य मन्त्रालय पुगेका उनीहरुले तत्काल उद्धार गरी नेपाल ल्याउन माग गरेका हुन् ।

मन्त्रालयमा पुगेका ३० जना अभिभावकले चीनमा आफ्ना छोराछोरीले सुरक्षित नभएको बताएका छन् । घरमा झ्याल ढोका बन्द गरेर बस्नुपरेको र खानेकुरासमेत नपाएको अभिभावकहरुले बताएका छन् ।

चीनको वुहान प्रान्तको हुवेई र अरु शहरमा उद्धारको पखाईमा सरकारको बाटो हेरिबसेका आफ्ना छोराछोरीको उद्धार यथासक्य चाँडो गर्न उनीहरुले माग गरेका छन् ।

अभिभावक सोमिला कक्षपतिले भनिन् ‘सरकारले भोलि भोलि भन्दा एक हप्ता झुलाइसक्यो । चाँडै ल्याउनुपर्‍यो । हाम्रा छोराछछोरी डराइरहेका छन् । खानेकुरा पनि पाउन मुश्किल छ ।’