देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकी नागरिकलाई क्युबा जान प्रतिबन्ध लगाइयो

देशान्तर

एजेन्सी । अमेरिकाले आफ्ना नागरिकलाई क्युबा भ्रमणमा बन्देज लगाएको छ । अमेरिकाको अर्थमन्त्रालयले आफ्ना नागरिकलाई शैक्षिक भ्रमण, पर्यटन तथा स्वास्थ्योपचारका लागि क्युबा जान प्रतिबन्ध लगाएको हो ।पछिल्लो समय अमेरिकी नागरिकका लागि क्युबा आकर्षक गन्तव्य बन्दै गइरहेका बेला अमेरिकी घोषणाबाट क्युबाको अर्थतन्त्रमा नराम्रो असर पर्नसक्ने आशंका गरिएको छ ।
सन् २०१९ को चार महिनामै करिब तीन लाख अमेरिकीले क्युबाको भ्रमण गरेका थिए । अघिल्लो वर्षको तुलनामा यो संख्या झण्डै दोब्बर हो ।
क्युबाले अमेरिकी पर्र्यटकबाट हुने आम्दानीलाई भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई सहयोग गर्नका लागि खर्च गरिरहेको भन्दै यात्रा प्रतिबन्ध लगाइएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
क्युबाले भेनेजुएलाका राष्ट्रपति मादुरोलाई सहयोग गरी ल्याटिन अमेरिकामा अस्थीरता उत्पन्न गरेको अमेरिकी आरोप छ । यता क्युबाले भने अमेरिकी कदमको निन्दा गरेको छ । यसअघि सन् २०१४ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाको प्रशासनमा अमेरिकी पर्यटकलाई क्युबा भ्रमण खुला गरिएको थियो ।