काठमाडौँ । वायु प्रदूषणका कारण हरेक वर्ष विश्वभर झण्डै ७० लाख मानिसको अकालमा मृत्यु हुने गरेको छ । राष्ट्रसंघका लागि मानव अधिकार तथा वातावरण सम्बन्धी विशेष प्रतिवेदकले ठूलो संख्यामा अकालमा मानिसको मृत्यु भइरहेको बताएका छन् ।
विशेष प्रतिवेदक डेभिड बोइडले वायु प्रदूषणलाई व्यक्तिको मानव अधिकारकै रुपमा लिइदिन विश्वका सरकारहरु समक्ष आग्रह गरेका छन् ।
वायु प्रदूषण शान्त, अदृश्य तथा भयानक घातक समस्या भएको र विश्वभर हरेक वर्ष झण्डै ७० लाख मानिसको मृत्युहुने गरेको बताइएको छ । यसबाट महिला, बालबालिका र गरिबी समुदायका मानिसलाई सबैभन्दा बढी असर पारिरहेको छ ।
विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा बोइडले सार्वजनिक वक्तव्य मार्फत धेरै मुलुकले प्रदूषण न्यून गर्न प्रयास चालेपनि पर्याप्त नभएको जनाएको छ ।
बोइडले अहिले हरेक पाँच सेकेन्डमा एक व्यक्तिको अकालमै वायु प्रदूषणका कारण मृत्यु भइरहेको बताउँदै विश्वको झण्डै ९० प्रतिशत जनसंख्याले प्रदूषित हावामा श्वासप्रश्वास गरिरहेको उल्लेख गरेको छ । मृत्यु हुने झण्डै ७० लाखमध्ये ६ लाख बालबालिका रहेका छन् ।
प्रतिक्रिया