देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नाइजेरियामा सेनाको कारवाहिबाट २० आतंककारीको मृत्यु

देशान्तर

काठमाडौँ । नाइजेरियाको चाड र क्यामरुनका सेनाले गरेको संयुक्त कारबाहीमा कम्तीमा २० जना आतंककारीको मृत्यु भएको नाइजेरियाली सरकारले जानएको छ ।

नाइजेरियाली सैनिक प्रवक्ता टिमोथी एन्टीघाले जारी गरेको वक्तव्यमा आरिगे, माल्कोनोरी र टुमबुम रेगो क्षेत्रमा कारबाही गरिएको उल्लेख छ ।

लेक चाड क्षेत्रबाट इस्लामिक आतंकवादीलाई पूर्णरुपमा समाप्त पार्ने उद्देश्यले संयुक्त सैनिक कारबाही थालिएको प्रवक्ता एन्टीघाले बताएका छन ।

इस्लामिक लडाकूसँगको भिडन्तका क्रममा गोली लागेर सेनातर्फ चार जना घाइते भएका थिए । संयुक्त सेनाले गत फेब्रुअरीमा पनि बोको हराम समूहमा आबद्ध लडाकूहरु विरुद्ध संयुक्त सैनिक कारबाही गरेको थियो ।