एजेन्सी । इरानसँग ‘कुनै पूर्वशर्त विना कुराकानी गर्न’ वासिङ्टन तयार रहेको आइतबार अमेरिकाले बताएको छ ।अमेरिकाले इरानका ‘गलत गतिविधि’लाई नियन्त्रण गर्न आवश्यक कदम चाल्ने कुरामा पनि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले जोड दिएका छन् ।अमेरिकी विदेशमन्त्री पोम्पेओले स्वीट्जरल्याण्डका विदेश मन्त्री इग्नाजिओ कासिससँगको संयुक्त पत्रकार सम्मेलनमा भनेका छन्, “हामी ‘कुनै पूर्व शर्त्विना’ इरानसँग कुराकानी गर्न तयार छौँ । उनीहरूसँग बसेर छलफल गर्न चाहन्छौँ ।”
प्रतिक्रिया