देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भाजपा अध्यक्ष अमित शाह बने शक्तिशाली गृहमन्त्री

देशान्तर

दिल्ली । बिहीबार साँझ राष्ट्रपतिबाट सपथ लिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई गृहमन्त्रालयको महत्वपूर्ण जिम्मेवारी सुम्पेका छन्।

प्रधानमन्त्री मोदीले शुक्रबार दिउँसो अध्यक्ष शाहलाई गृहमन्त्रालयको जिम्मेवारी सुम्पेका हुन्। अघिल्लो कार्यकालमा गृहमन्त्री रहेका राजनाथलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिएका छन्।

यसैगरी, एस जयशंकर बिदेशमन्त्री बनाएका छन्। मोदीको अघिल्लो सरकारमा शुुष्मा स्वराज बिदेशमन्त्र थिइन्।
नेपालमा दोस्रो संबिधानसभाबाट संबिधान जारी हुुनुुअघि भारत सरकारका बिशेष दूतका रुपमा आएका जयशंकरले संबिधान जारी गर्ने मिति पर सार्न सरकारलाई दबाब दिएका थिए। यस्तो दबाबलाई अस्वीकार गरेपछि भारतले नेपालमा नाकाबन्दी लगाएको थियो। अहिले तिनै जयशंकर बिदेशमन्त्री भएपछि कतिपय नेपाली सशंकित भएका छन्।

मोदीले निर्मला सितारमणलाई बित्तमन्त्री बनाएका छन्। महिला मन्त्री स्मृति इरानीलाई बनाएका छन्। इरानीले कंग्रेस आइका अध्यक्ष राहुल गान्धीलाई चुनाबमा हराएकी थिइन्।