काठमाडौँ । ब्रटेनकी प्रधानमन्त्री टेरिजा मेले पदबाट राजीनामा दिने घोषणा गरेकी छन् । उनले नयाँ प्रधानमन्त्री चयनका लागि बाटो खोल्दै आगामी जुन ७ मा राजीनामा दिने बताएको बेलयती सञ्चारमाध्यामहरुले जनाएका छन ।
डाउनिङ स्ट्रीटमा भावुक हुँदै गरिएको सम्बोधनमा टेरिजाले सन् २०१६ मा भएको जनमत संग्रहको परिणामलाई सम्मान गर्न आफूले भरपूर प्रयास गरेको बताइन् । उनले ब्रेक्जिटमा सफल हुन नसक्दा ‘गहिरो दुःख’ लागेको बताइन् ।
आफ्नो ब्रेक्जिट सम्झौताका लागि समर्थन जुटाउन प्रयास गरेको उनको भनाइ थियो । टेरिजाले कन्जरभेटिभ पार्टीको नेता पदबाट राजीनामा दिएसँगै आफ्नो उत्तराधिकारी चुन्ने प्रक्रिया सुरू हुने बताएकी छिन् ।
यो घोषणाका क्रममा उनी भावुक हुँदै रोएकी थिइन् । उनले कम्पनयुक्त स्वरमा भनिन्, ‘‘प्रधानमन्त्री बन्नु मेरो जीवनको सबैभन्दा गर्वको कुरा थियो । म दोस्रो महिला प्रधानमन्त्री रहे तर, निश्चित रूपमा अन्तिम होइन् उनले भनेकी छन् ।’’
प्रतिक्रिया