एजेन्सी । साउदी अरब नेतृत्वको गठबन्धनले यमनमा शिया लडाकु समूह हुथीको नियन्त्रणमा रहेको राजधानी सानामा हवाई आक्रमण गरेको छ । साउदी अरब नेतृत्वको गठबन्धनले सानाका विभिन्न ९ सैनिक निशानामा आक्रमण गरेको जनाएको छ । आक्रमणमा हुथी लडाकुका अखडालाई निशाना बनाइएको र सर्वसाधारणको ज्यान बचाउनका लागि सक्दो प्रयास गरिएको गठबन्धनले जनाएको छ ।
यता हुथी लडाकुद्वारा सञ्चालित संचारमाध्यमले भने आक्रमणमा ६ सर्वसाधारणको ज्यान गएको र अन्य ५२ जना घाइते भएको जनाएको छ । मारिनेमा ४ जना बालबालिका समेत रहेको जनाइएको छ ।
प्रतिक्रिया