देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतको उडिसामा शुक्रबार भीषण चक्रवात आउने, रक्षा संयन्त्र हाई अलर्ट

देशान्तर

एजेन्सी। भारतको उडिसामा शुक्रबार भीषण चक्रवात फानी आउने भारत मौसम विभागले जनाएपछि भारत सरकारले रक्षा संयन्त्रहरुलाई हाइ अलर्टमा राखिएको छ ।

एनडीटिभीका अनुसार शैक्षिक संस्था बन्द गर्न आदेश दिइएको छ । तटीय क्षेत्रमा रहेका हजारौं मानिसलाई सुरक्षित स्थलमा लगिएको छ । यसको असर उत्तर प्रदेश, विहार, उत्तराखण्ड, झारखण्ड, पश्चिम बंगाल, सिक्किम, तमिलनाडु र पोन्डिचेरीसम्म देखिने बताइएको छ ।

मौसम विभागले उत्तर प्रदेशका किसानलाई चेतावनी दिँदै प्रदेशमा आज र भोलि तीब्र हावा र वर्षाको सम्भावना रहेको जनाएको छ । बंगालको खाडीमा बनेको फानी चक्रवातका कारण सो प्रदेशमा हल्का वर्षा हुनुका साथै ३० देखि ४० प्रतिघण्टाको तीब्र गतिमा हावा चल्नेछ । यसका कारण आद्रताको मात्रा ८० देखि ९० प्रतिशत हुने सम्भावना रहेको छ ।
किसानलाई सल्लाह दिँदै प्रशासनले फानी चक्रवातको सम्भावित असरका कारण आफ्ना फसलहरु काटेर सुरक्षित स्थानमा राख्न भनेको छ ।