जोहानसवर्ग । दक्षिण अफ्रिकाकाे पूर्वी क्षेत्रमा आएको बाढीमा परी कम्तीमा ५१ जनाकाे मृत्यु भएको छ। घटनापश्चात राष्ट्रपति सिरिल रामाफोसाले स्थलगत अवलोकन गरेका छन्।
दक्षिण अफ्रिकामा हालका दिनहरूका भारी वर्षाले सताएको र सोही कारण गत हप्ताबाट दक्षिण र पूर्वी भागहरू प्रभावित भएका छन्।
लिबिया र सुडानमा जारी द्वन्द्वको विषयमा इजिप्टमा भएको सम्मेलनबाट फर्किएका रामाफोसाले यस बाढीबाट ज्यान गुमाएका परिवार र समुदायप्रति दुःख प्रकट गर्दै सरकारले पूर्ण सहयोग गर्ने बताए।
बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्न राष्ट्रपतिले सबैसँग आह्वान गरे। बाढी र पहिरोमा परी मंगलबारसम्म ३३ जनाको मृत्यु भएको थियो। तर, पहिरोमा पुरिएका व्यक्तिलाई निकाल्ने क्रममा सो सङ्ख्या ५१ पुगेको बताइएको छ।
यस बाढीका कारण भवनहरू भत्किएका र विद्युत प्रशारण लाइनमा पनि समस्या आएको छ।
सहयोग, उद्धारलगायत बाढी प्रभावित व्यक्तिहरूलाई सुरक्षित स्थानमा सार्नका लागि दक्षिण अफ्रिकी सेनालाई परिचालन गरिएको छ। (रासस/एएफपी)
प्रतिक्रिया