एजेन्सी । आफ्नो मुलुक विरुद्धको कठोर नाकाबन्दी फुकुवा गर्नुपर्ने उत्तर कोरियाली मागका कारण दोश्रो शिखर वार्ता निष्कर्षविहीन भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनाएका छन् । भियतनामको राजधानी हनोईमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भएको दोश्रो शिखर वार्तापछि पत्रकार सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली पक्षबाट नाकाबन्दी पूर्णरुपमा तत्काल फुकुवा गर्न माग गरेपछि शिखर वार्ता निष्कर्ष्विहीन भएको जनाएका हुन् । ट्रम्पले उत्तरकोरियाविरुद्धको नाकाबन्दी तत्काल फिर्ता लिन नसक्ने स्पष्ट पारेका छन् ।
अमेरिका र संयुक्त राष्ट्रसंघले उत्तर कोरियाको आणविक हतियार तथा क्षेप्यास्त्र कार्यक्रमविरुद्ध कठोर नाकाबन्दी लगाउँदै आएका छन् । नाकाबन्दीले उत्तर कोरियाको आर्थिक अवस्था तहस नहस भएको बताइन्छ । उत्तर कोरियाले यसअघि गत वर्षको जुनमा सिङ्गापुरमा भएको पहिलो शिखर वार्ता क्रममा पनिआफ्नो मुलुकविरुद्धको नाकाबन्दी फुकुवा गर्न माग गरेको थियो ।
प्रतिक्रिया