एजेन्सी ।भारत प्रशासित कश्मीरको पुलावामा क्षेत्रमा भारतीय सुरक्षा बलले गरेको कारवाहीमा पुलावामा आक्रमणका दुई संदिग्ध योजनाकार मारिएका छन् ।
बिहीबार ४० जनाभन्दा धेरैको ज्यान जानेगरी भएको आत्मघाती आक्रमणमा संलग्न जैश ए मोहम्मदका लडाकु लुकेर बसेको गोप्ग सूचनाका आधारमा पुलावामा क्षेत्रको पिङ्गेला भन्ने गाउँमा सुरक्षा बलले कारवाही गरेको हो ।
मारिने दुबै संदिग्ध योजनाकारहरु जैश ए मोहम्मदका सदस्य तथा पाकिस्तानी नागरिक रहेको जनाइएको छ । त्यस्तै, लडाकुविरुद्धको भीडन्तमा सुरक्षा बलका एकजना मेजरसहित ४ सुरक्षाकर्मी पनि मारिएका छन् ।
लडाकुविरुद्ध भारतीय सेना, सेन्ट्रल रिजर्भ पुलिस फोर्स सीआरपीएफ, भारतीय प्रहरी तथा राष्ट्रिय राइफल्सको एकाईले पछिल्लो कारबाही गरेको हो । पछिल्लो सैनिक कारवाही गत बिहीबार भएको आत्मघाती आक्रमणस्थलबाट १० किलोमिटर टाढा रहेको जनाइएको छ ।
प्रतिक्रिया