देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अग्र्यानिक ईन्डियाको ग्रीन टी नेपालमा

देशान्तर

काठमाडौँ । सन् १९९० अघिदेखि Vehicle of Consciousness in the world को भिजनसहित विश्वभर विशुद्ध अग्र्यानिक उत्पादन पुर्याउने उद्देश्यसहितको अग्र्यानिक ईन्डियाका उत्पादनहरु अब नेपालमा पाइने भएको छ ।

अग्र्यानिक ईन्डियाले शुक्रवार एक कार्यक्रम आयोजना गरी अग्र्यानिक तुल्सी चिया नेपालमा भित्र्याएको हो । खासगरी चियाका पारखीहरूलाई लक्षित गरी कम्पनीले तुल्सी ग्रिन टिका पामिग्रानेट, लिमनजिन्जर, क्लासिक, अर्ल ग्रे र जस्मिन गरी ५ विभिन्न स्वादमा नेपालमा ल्याएको हो ।

हाल भारतमा मात्र उत्पादन भईरहेको चिया नेपाली माटो, वातवारण र चिया उत्पादनको लागि सुहाउँदो जमिन पाएमा नेपालमा पनि यसको उत्पादन गर्ने योजना रहेको अग्र्यानिक ईन्डियाका अन्तर्राष्ट्रिय व्यापारका जनरल म्यानेजर गुरप्रित सिंहले बताए । सिंहले नेपालमा अग्र्यानिक चियाबाट बजार शुरु गरेको र विस्तारै आफ्ना अन्य उत्पादनहरू पनि नेपाली बजारमा ल्याउने योजना रहेको जानकारी दिए ।

अग्र्यानिक चिया हाल भाटभटेनी तथा अन्य मार्टहरूमा पाइने छ भने विस्तारै यसको बजार विस्तार गरी अन्य स्टोरहरूमा पनि उपलब्ध गराउने काठमाडौं मार्केटिङका प्रबन्ध निर्देशक बल्लभराज सिग्देलले जानकारी दिए । यस अग्र्यानिक चियाको नेपालमा आधिकारिक विक्रेता काठमाडौं मार्केटिङ रहेको छ ।