एजेन्सी । भारत प्रशासित जम्मु र कश्मीरमा बम विष्फोट हुँदा भारतीय सुरक्षा फौजका १२ सैनिकको मृत्यु भएको छ ।
राजधानी श्रीनगरबाट ३० किलोमिटर टाढा रहेको लेथपुरा भन्ने स्थानमा भारतीय सुरक्षा बल सिआरपिएफका सैनिक चढेको सवारीलाई निशाना बनाएर त्यहाँ सक्रिय लडाकुले बम विष्फोट गराएको भारतीय अधिकारीले जनाएका छन् ।
आक्रमणमा अरु दर्जनौं घाइते भएका छन् । जम्मुबाट लडाकुविरुद्ध कारबाहीका लागि कश्मीर उपत्यका जाँदै गरेका दुई सवारीमा आक्रमण भएको जनाइएको छ ।
सडकनजिकै रोकेर राखिएको अटोरिक्सामा विष्फोटक पदार्थ लादेर राखिएको र सुरक्षा बलको सवारीलाई लक्षित गरी विष्फोट गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आक्रमणको जिम्मा कश्मीरमा सक्रिय लडाकु समूह जैश ए मोहम्मदले लिएको छ ।
प्रतिक्रिया