देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सामाजिक लक्ष्य पूरा गर्न भौतिक पूर्वाधारको विकास अवस्यक: अर्थमन्त्री खतिवडा

देशान्तर

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले भौतिक पूर्वाधार विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् । भौतिक पूर्वाधारविना सामाजिक लक्ष्यहरू नै पूरा नहुने भएकाले पूर्वाधार विकासलाई प्राथमिकता दिएको उनको भनाइ छ ।

नेपाल व्यवस्थापन संघको ३८औँ राष्ट्रिय अधिवेशनमा बोल्दै अर्थमन्त्रीले शिक्षा, स्वास्थ्यका क्षेत्रमा सरकारका लक्ष्य पूरा गर्न भौतिक पूर्वाधार र त्यसमा पनि सडक यातायातको भूमिका महत्वपूर्ण रहने बताए । व्यापारिक लागत घटाउन, औद्योगिक उत्पादनलाई प्रतिस्पर्धी बनाउन तथा कतिपय पूर्वाधार विकास र विस्तारका लागि पनि सडकमा लगानी आवश्यक रहेको अर्थमन्त्री खतिवडाको भनाइ छ ।

सरकारले यातायातको विकासका सन्दर्भमा अहिले सडकसहित, मेट्रो सञ्जाल, रेल र पानीजहाजलाई पनि उत्तिकै प्राथमिकता दिएको उनले बताए । सार्वजनिक यातायातलाई सहज, सरल र सर्वसुलभ बनाउन एकीकृत ढंगले काम गर्नुपर्ने उनको भनाइ छ । अर्थमन्त्री खतिवडाले नेपाल व्यवस्थापक संघ (म्यान)सँग सहकार्य गर्न सरकार तयार रहेको पनि बताएका छन ।

व्यवसायिक समूह आबद्ध रहेको संघसँग सरकारले महत्वपूर्ण सहकार्य गर्न चाहेको उनको भनाइ छ । मुलुकको विकास र समृद्धिमा सबै पक्षको भूमिका उत्तिकै हुने भन्दै उनले त्यसका लागि म्यानले निजी क्षेत्रसँगको सहकार्य बढाउनुपर्ने बताए ।