काठमाडौँ । ट्रान्सपेरेन्सी इन्टरनेस्नलले सार्वजानिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी रिपोर्टमा यसपटक पनि दुई तिहाइ देशले ५० भन्दा कम अङ्क प्राप्त गरेका छन् भने औसत स्कोर ४३ रहेको छ ।
यस वार्षिक रिपोर्टमा १८० देशको आन्तरिक अध्ययनपछि प्रत्येकलाई शून्यदेखि १०० सम्मको अङ्क दिइएको हुन्छ जसमा १०० ले भ्रष्टाचारमुक्त जनाउँछ भने कम अङ्क प्राप्त गर्ने देशमा चाहिँ भ्रष्टाचार चरम अवस्थामा रहेको बुझ्न सकिन्छ ।
ट्रान्सपरेन्सीको जानकारीअनुसार डेनमार्क र न्युजिल्यान्डले सबैभन्दा उत्कृष्ट अङ्क प्राप्त गरेका हुन् । यसमा पछिल्लो वर्ष पहिलो स्थानमा रहेको न्युजिल्यान्ड यसपटक भने ८७ स्कोरसहित दोस्रोमा झरेको छ । यता डेनमार्कले भने आफ्नो पहिलेकै स्कोर कायम राख्दै ८८ अङ्क साथ विश्वकै सबैभन्दा कम भ्रष्ट मुलुक बनेको हो ।
यसपछि फिनल्यान्ड, सिंगापुर, स्वीडेन र स्वीट्जरल्यान्डले ८५ अङ्क प्राप्त गर्दै तेस्रोमा रहेका छन् । त्यस्तै नर्वे र नेदरल्यान्ड चौथो र पाँचौँमा छन् भने क्यानडा र लक्सेम्बर्ग दुवैले ८१ अङ्क प्राप्त गरेका हुन् ।
यता ८० स्कोर पाएका जर्मनी र बेलायत दुवैको अङ्क अघिल्लो वर्षभन्दा कम भएको छ । अष्ट्रेलियाले भने आफ्नो स्कोर ७७ लाई यथावत् राखेको छ । यता अमेरिका चाहिँ २०११ पछि पहिलोपटक शिर्ष २० राष्ट्रहरुबाट बाहिरिएको हो । यसरी अमेरिकाको स्कोर ७५ बाट घटेर ७१ पुगेको छ ।
यसरी २०१२ पछि केबल २० वटा राष्ट्रले मात्र आफ्नो स्कोरमा सुधार ल्याएको रिर्पोटमा उल्लेख छ । जसमा अष्ट्रेलिया, चिली सहित अन्य १६ मुलुकहरुको अङ्क घट्दै गएको पाइएको छ । यसमा हङ्गेरीको स्कोर पछिल्लो पाँच वर्षमा आठ अङ्कले घटेको छ भने टर्कीको ९ अङ्कले कम भएको हो । एसियाली क्षेत्रमा सिंगापूरपछि जापान ७३ अङ्क सहित १८ औँ स्थानमा रहेको छ । यसपछि भूटानले ६८ स्कोर प्राप्त गरेको छ र दक्षिण कोरियाको स्कोर भने पछिल्लो पटक भन्दा तीनले वृद्धि हुँदै ५७ पुगेको हो ।
यता भारतले पनि पछिल्लो वर्ष भन्दा एक अङ्क बढाउँदै ४१ प्राप्त गरेको छ । तर छिमेकी चीनको स्कोर चाहिँ दुई अङ्कले घट्दै ३९ मा झरेको हो । यता नेपाल भने १२४ औँ स्थानमा रहेको छ र नेपालको स्कोर ३१ मा भने पछिल्लो दुई वर्ष कुनै घटबढ भएको छैन जुन २०१५ र २०१६ पछि वृद्धि भएको थियो ।
मेक्सिको र रुस भने नेपालभन्दा पछाडि रहेका छन् जसको स्कोर पछिल्लो वर्षको भन्दा घटेर २८ पुगेको छ । यसरी अघिल्लो वर्ष नेपाल ५६ देश अगाडि थियो भने २०१८ मा नेपाल पाछाडि ५२ मुलुक मात्र रहेका छन् । त्यस्तै ३३ औँ स्थानमा रहेको कतारको स्कोर ६२ रहेको छ जसलाई राम्रै अङ्क मानिएको छ । यता साउदी अरबको अङ्क चाहिँ ४९ रहेको छ । बांग्लादेशको अङ्क भने फेरि दुईले घट्दै २६ मा पुगेको हो ।
यसमा सबैन्दा बढी भ्रष्टाचार हुने देशको शीर्ष सूचीमा चाहिँ सोमालिया, सिरिया, दक्षिण सुडान, यमन र उत्तर कोरिया रेहका छन् । सोमालियाको स्कोर केबल १० मात्र रहेको छ भने सिरिया र दक्षिण सुडानले १३ अङ्क प्राप्त गरेका छन् । यस्तै उत्तर कोरियाको स्कोर पनि पछिल्लो वर्ष भन्दा तीनले घटेर १४ मा झरेको हो ।
यता, प्रधानमन्त्रीले देखावटीरुपमा नभइ वास्तवमै भ्रष्टाचार नियन्त्रण भएको दावी गरेका छन । काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने नाराका साथ सरकार अघि बढेको बताएका छन । उनले भ्रष्ष्टाचार गर्ने कसैको अनुहार नहेर्ने देखावटी भ्रष्टाचार देखाएर नेपालको अपमान गर्न खोजेको आरोप पनि लगाएका छन ।
यसअघि नियन्त्रण गर्ने निकायले नै शक्तिको आडमा आफै भ्रष्टाचार गर्ने पाइएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आफु प्रधानमन्त्री भएपछि त्यस्तो नभएको बताएका छन । ओलीले पहिलेको जस्तो भ्रष्टाचार नभएको र आफु देखावटीका पछि नलाग्ने पनि बताएका छन ।
प्रतिक्रिया