काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले टुटल र पठाओलाई चल्न दिन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलाई निर्देशन दिएका छन । ओलीले निजी मोटरसाइकल प्रयोगकर्ताले टुटल र पठाओ जस्ता प्रविधिको प्रयोग गरी भाडामा यात्रु बोक्न रोक लगाइएकोबारे चासो राख्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई यस्तो निर्देशन दिएको प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ ।
राष्ट्रिय योजना आयोगको राष्ट्रिय विकास समस्या समाधान समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभागीय मन्त्री महासेठलाई यस्तो निर्देशन दिएका हुन । मोटरसाइकलमा पछाडि बसेर गन्तव्य तर्फ गइरहेकालाई रोकेर सोध्न थालेपछि मान्छे गन्तव्यमा नपुग्ने भन्दै प्रधानमन्त्रीले त्यस्ता खालका कुरामा सरसल्लाहबिना आदेश,र निर्देशन नदिन निर्देशन दिका हुन ।
उनले जनताको जीवनसँग जोडिएको यस्ता विषयलाई हचुवाको भरमा रोक्ने निर्णय गर्नु गलत भएको भन्दै तुरुन्त पहिले झैँ चल्न दिन निर्देशन दिए । प्रधानमन्त्रीले सबैको गुनासो सुनेपछि विभागीय मन्त्रीलाई तुरुन्त पहिलेझैँ चल्न दिन निर्देशन दिएको सचिवलयले जनाएको छ ।
प्रतिक्रिया