काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्रमा श्रमिकका कामको सम्मान नगर्ने सरकार भएपछि अन्यायको शृङ्खला सुरु हुने बताएका छन । काठमाडौंमा सम्पन्न नेपाल वातावरण तथा सरसफाइ श्रमिक संघको पहिलो राष्ट्रिय भेलामा नेता सिंहले सहभागितामा आधारित लोकतन्त्रको सिद्धान्तविपरीत सरकार एकलौटी ढङ्गले अघि बढेको दावीसमेत गरेका छन ।
श्रमिकको पेशागत र औद्योगिक अधिकारको मात्र कुरा गरेर यसको जिम्मेवारी पूरा नहुने बताउँदै ट्रेड युनियन महासंघ नेदरल्याण्डका एशिया प्यासिफिक क्षेत्रीय निर्देशक प्रभु राजेन्द्रले ट्रेड युनियनको पूर्णताका लागि उसको सामाजिक र आर्थिक अधिकार तथा समावेशी विषयमा कुरा गर्नुपर्ने धारणा राखेका छन ।
उनले नेदरल्याण्डमा फोहोरमा काम गर्ने श्रमिकहरुको टे«ड युनियनमा १२ लाख सदस्य रहेको भन्दै आवश्यक परे यसले सरकारलाई पूर्ण असफल बनाउने हैसियत पनि राख्ने बताए ।
टे«ड युनियनका अगुवा श्रमिकका हरेक समस्यामा सचेत हुनुपर्ने युएनआइका क्षेत्रीय उपमहासचिव राजेन्द्र आचार्यले बताए । सरकारले सामाजिक सुरक्षा भत्ता कार्यक्रमलाई नयाँ युगको शुभारम्भ भनेको छ । यो नेपाली कांग्रेस सरकारका पालामा बनेको ऐनका आधारमा आएको कार्यक्रम भएको उनले बताए ।
नेपाल टे«ड युनियन कांग्रेसका निवर्तमान अध्यक्ष खिला दाहालले कार्यविधि बनाउँदा अहिलेको सरकारले अनौपचारिक क्षेत्रलाई छुटाएको भन्दै अहिलेको ऐनले कुल श्रमिकमध्ये ४ प्रतिशतलाई मात्र समेटेको दावी गरे ।
कार्यक्रममा स्थानीय तह कर्मचारी युनियनका महासचिव रामप्रसाद पौडेलले सरकार कान नसुन्ने र आँखा नदेख्ने भएको आरोप लगाए । युएनआइ नेपालका अध्यक्ष शङ्कर लामिछानेले सबै क्षेत्रका श्रमिकहरुको सङ्गठित शक्तिले मात्र अधिकार प्राप्ति हुने तर्क राख्दै अन्तरसम्बन्ध विकासमा जोड दिए । कृषि मजदुर श्रमिक संघका अध्यक्ष बिमला गैरे, क्लास नेपालका अध्यक्ष लेखप्रसाद बुर्लाकोटीलगायतले टे«ड युनियन परिपक्व गतिविधिमा अगाडि बढ्नुपर्ने खाँचो देखाए ।
श्रम कार्यालयमा दर्ता र स्थानीय तह कर्मचारी युनियन, नेपालसँगको आवद्धतामा नेपाल वातावरण तथा सरसफाई श्रमिक संघ स्थापना गरिएको हो । औपचारिक र अनौपचारिक क्षेत्रमा रहेर सरसफाई तथा वातावरणीय सुधारमा काम गर्ने व्यक्ति यसका सदस्य रहनेछन् ।
६ पदाधिकारीसहित ११ जनाको कार्यसमिति गठन गरिएको यस संघको अध्यक्षमा पञ्चबहादुर तामाङ, उपाध्यक्षमा चित्रकुमार सुनुवार, महिला उपाध्यक्षमा फुलकुमारी अधिकारी, महासचिवमा चन्द्र घिमिरे, सचिवमा श्याम कार्की र कोषाध्यक्षमा रीमा पुजारी रहेका छन् । यस्तै सदस्यहरुमा ज्ञानबहादुर राय, शुक्रबाबु पोडे, डम्बरकुमार अधिकारी, सञ्जना पुजारी र ईश्वरी बुढाथोकी रहेका छन् ।
प्रतिक्रिया