काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी बीजेपीको कडा आलोचना गर्नुभएको छ । इमरान खानले बीजेपीलाई मुस्लिम तथा पाकिस्तानी विरोधी राजनीतिक दलको संज्ञा दिनुभएको छ ।
त्यस्तै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सन् २००८ मा भएको मुम्बई हमलाका आक्रमणकारीहरुलाई कारबाही गरिरहेको जानकारी गराउनुभएको छ । उहाँले मुम्बई हमलाका योजनाकारहरुलाई कठघरामा ल्याउँदा पाकिस्तानको पनि हित हुने बताउनुभयो ।
यो आक्रमण आतंकवादी हमला भएको भन्दै यसका योजनाकारहरुलाई कारबाही गर्दा पाकिस्तानलाई पनि फाइदा पुग्ने खानको भनाई थियो ।
प्रतिक्रिया